खाजा घरमा तास खेलिरहेका आठ जना पोखराबाट पक्राउ, करीब एक लाख रुपियाँ बरामद

खाजा घरमा तास खेलिरहेका आठ जना पोखराबाट पक्राउ, करीब एक लाख रुपियाँ बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० मंसिर २०८०
  • 15.6K
    Shares

पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडी संचालित एक खाजा घरमा तास खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेका आठ जनालाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खाजा घर संचालक पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ स्थायी घर भएका प्रेमबहादुर कार्की समेत रहेका छन्। कार्कीको साथमा प्रहरीले ललितपुर स्थायी घर भई हाल पोखरा १४ चाउथे बस्ने बर्ष २९ को उत्तम बयलकोटी, तनहुँको शुक्लागण्डकी नगरपालिका ३ घर भई हाल पोखराको चाउथे बस्ने बर्ष ३४ को महेन्द्र बहादुर भुजेल, पोखरा २२ पुम्दीभुम्दी बस्ने बर्ष ३५ को तेजराज बराललाई समेत पक्राउ गरेको छ। त्यस्तै मोरङको बेलबारी नगरपालिका ९ घर भई हाल पोखराको चाउथे बस्ने बर्ष ३३ को अर्जुन पौडेल, सप्तरी कञ्चनपुर नगरपालिका ७ घर भई चाउथेमै बस्ने बर्ष ३५ को राकेश चौधरी, पोखरा ४ सिद्धार्थचोक बस्ने बर्ष ५२ को कमलराज लामिछाने र चितवनको भरतपुर महानगरपालिका वडा नं. ९ घर भई हाल १४ चाउथे बस्ने बर्ष ५२ को एक बहादुर गुरुङलाई पनि प्रहरीले सोही आरोपमा पक्राउ गरेको बताइएको छ ।

उनीहरुको साथबाट प्रहरीले नगद एक लाख पांच हजार पांच सय ६० समेत बरामद गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुबिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार