पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट लागू औषधसहित नर्वेका नागरिक पक्राउ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट लागू औषधसहित नर्वेका नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ मंसिर २०८०
  • 10.8K
    Shares

पोखरा अन्तरराष्ट्रिय बिमानस्थलबाट अबैध लागू औषधसहित एक जना नर्वेका नागरिक पक्राउ परेका छन्। अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट अबैध लागू औषधसहित नर्वेका नागरिक वर्ष ५३ वर्षीय RUNE FLATHA लाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट लागू औषध पोल्यान १० ग्राम र लागू औषध गाँजा ३५ ग्राम सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले दाबी गरेको छ ।

यसैगरी,बाट वडा प्रहरी कार्यालय गगनगौडाको चेकिङ टोलीले पोखरा ३० गगनगौंडास्थित पावर हाउसमा काठमाण्डौबाट पोखरातर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा सोही बसमा यार्त्रारत धादिङ गजुरी गाउपालिका वडा नं.३ बस्ने बर्ष २१ को बिनोद बि.क.लाई लागू औषध गाँजा चार किलो गाँजासहित पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार