हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ मंसिर २०८०
  • 2.9K
    Shares

सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल बुधबार साँझ सवा ७ बजेतिर सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर सिराहाको अर्नामा गाउँपालिका–५ का १९ वर्षीय मुकेशकुमार सिंह, २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई उपचारार्थ प्रादेशिक अस्पताल सिराहा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार