दाङमा कोठाभित्र एकै घरका दाजुभाइ मृत फेला परे

दाङमा कोठाभित्र एकै घरका दाजुभाइ मृत फेला परे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ मंसिर २०८०
  • 2.9K
    Shares

जोडी मृत भेटिए

दाङमा कोठाभित्र एकै घरका दाजुभाइ मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका ६ स्थित एक घरमा भाडामा बस्दै आएका तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेनाका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका कान्छा भाई ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार डेराकोठाभित्र मृत फेला परेका हुन् ।

मृतकमध्ये कान्छा टेकबहादुरकी श्रीमतीले आफू रुकुम पश्चिमस्थित माइती गएको र आफू फर्किए पछि मात्र ढोका खोल्न अनुरोध गरेकाले उनी आए पछि मात्र ढोका खोलिने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

मृतक टेकबहादुरकी श्रीमती तुलसीपुर आएपछि मात्र ढोका खोलेर शब पोस्टमार्टमका लागि अस्पॉताल पठाइने डिएसपी पोखरेलले बताए। अहिले घटनास्थललाई प्रहरीले सुरक्षा दिई रहेको प्रहरीले जानकारी दिएको छ।

डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको थियो। एउटै कोठाको दुई खाटमा उनीहरु मृत फेला परेका छन् । शव गनाइसकेकाले उनीहरुको दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।

उनीहरुको हत्या हो कि आत्महत्या हो भन्ने बारेमा अहिले नै यकिनका साथ् भन्न नसकिने प्रहरीको भनाइ रहेको छ। प्रारम्भिक अनुसन्धानबाट दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको आशंका भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार