वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु

वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ मंसिर २०८०
  • 3.2K
    Shares

अटोरिक्शा दुर्घटना

स्याङ्जाको वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु भएको छ । वालिङबाट खहरे जाँदै गरेको लु १ ह ३६८६ नम्वरको अटो रिक्सा शनिवार साँझ दुुर्घटनाग्रस्त हुँदा १६ महिनाको शिशुको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर घाइते भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१० कान्छीबजारका ओम बहादुर लम्साल क्षेत्रीको १६ महिना की छोरी कायरा क्षेत्रीको गह्रौं प्राथमिक अस्पताल वालिङमा उपचार हुँदा हुँदै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पावल सिंह लामाले जानकारी दिए।

चार जना सवार रहेको उक्त अटो अनियन्त्रित भई सडकमा नै दुर्घटनामा परेको प्रहरीको भनाई छ । अद्यापि अन्य यात्री सकुशल रहेको प्रहरीको भनाई छ । अटो र अटो चालक प्रहरीको नियन्यत्रणमा रहेको तथा कागजपत्र साथमा नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार