सडक छेउको रूखमा मोटरसाइकल ठोक्किएर दुर्घटना : दुई युवाको मृत्यु

सडक छेउको रूखमा मोटरसाइकल ठोक्किएर दुर्घटना : दुई युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ कार्तिक २०८०
  • 3.4K
    Shares

सडक छेउमा रहेको रूखमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेल चोकस्थित सडक छेउमा रहेको रूखमा मंगलबार साँझ बा ६० प ५१९५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर सिन्धुलीको मरिण गाउँपालिकाका २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा उनीहरुलाई पाटन अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार