सामान्य बिबाद हुँदा रौतहटमा तीन युवाले आफ्नै साथीलाई चक्कु प्रहार गरी हत्या गरेका छन्। सामान्य विवादमा तीन जनाको समूहले रौतहटको राजदेवी नगरपालिका वडा नं–६ का २० वर्षीय युवक राहुल साहको हत्या गरेका हुन्।
बिबादका क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साहको उपचारका क्रममा सोमबार वीरगञ्जस्थित एलपी न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
चक्कु हान्ने समूहका एक जनालाई पक्राउ गरिएको र बाँकीको खोजी भैरहेको प्रहरीले जनाएको छ।