१५ किलो अबैध लागू औषध गाँजासहित दुई भारतीय र अटोचालक पक्राउ

१५ किलो अबैध लागू औषध गाँजासहित दुई भारतीय र अटोचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ कार्तिक २०८०
  • 3.3K
    Shares

गाँजा तस्करी गरेको आरोपमा बाराबाट पक्राउ परेका तीन जना

अबैध लागू औषध गाँजा भारततर्फ तस्करी गर्दै गरेका दुई जना भारतीयसहित एक जना नेपाली अटो रिक्सा चालक पक्राउ परेका छन्। बारा जिल्ला सदरमुकाम कलैयाबाट मटिअर्वातर्फ जादै गरेको प्र-२-०३-००१ ह ९१० नं.को अटो रिक्सामा भारततर्फ तस्करी हुँदै गरेको १५ किलो गाँजासहित दुई जना भारतीय र अटो चालक बारा कलैया उपमहानगरपालिकाको वडा नम्बर १२ का २८वर्षीय ताहीर अंसारीलाई प्रहरीले पक्राउ गरेको हो।

कलैया १० मटिअर्वास्थित नहर चोक बाट अटो चालक अन्सारीका साथमा प्रहरीले भारतको विहार पुर्वी चम्पारण जिल्ला मोतिहारी, आधापुर वडा न.४ बस्ने वर्ष २१ को इस्राफी हवारी र सोही ठाउँका अन्दाजी वर्ष ३५ को जफीर मियाँलाई पनि पक्राउ गरेको छ।

उनीहरुको साथबाट १५ किलो अबैध लागू औषध गाँजा बरामद भएको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बारालेल जनाएको छ।

बाराबाट बरामद भएको १५ किलो गाँजा र अटो रिक्सा
बाराबाट बरामद भएको १५ किलो गाँजा र अटो रिक्सा

प्रतिक्रिया
सम्बन्धित समाचार