गोरखामा आफ्नै घरको पिढीबाट लडेर एक बृद्वको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–८ जौबारीको माथिल्लो फिनामका ६८ बर्षिय भिमु गुरुङको आफ्नै घरको पिढीबाट लडेर ज्यान गएको हो ।
आइतबार बेलुकी ६ बजे आफ्नै घरको पिढीबाट लडेका गुरुङको टाउकोमा चोट लागेको थियो । चोट लागेर घाईते भएका गुरुङलाई स्थानिय जौबारी प्रार्थमिक स्वास्थ्य केन्द्र लगिएकोमा उनलाई चिकित्सकहरुले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रबिन्द्र अधिकारीले जानकारी दिए ।
गुरुङको शबको आइतबार नै पोष्टमार्टम गरिएको र सतगतका लागि आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।