जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका नौ जना कलाकारहरु जनही १५-१५ हजार रुपियाँ धरौटीमा हिरासतमुक्त भएका छन्। कलाकारहरु सुलेमान शंकर ‘इकु इकु’, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना
जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना कलाकारहरु जनही १५-१५ रुपियाँ धरौटीमा रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले तोकेको आदेशपछि १५-१५ हजार रुपैयाँ धरौटी राखेर उबीहरु बुधबार बेलुका छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
काठमाण्डौको मैतीदेवीस्थित गजितको डान्स तालिम केन्द्रमा जुवातास खेल्दै गर्दा प्रहरी वृत्त सिंहदरबारले उनीहरुलाई शनिबार राति पक्राउ गरेको थियो । स्थानीय रमेशनाथ पाण्डेको घरमा विष्ट दाजुभाइले डान्स तालिम केन्द्र चलाउँदै आएका छन् ।
रिहा भएपछि मिडियासँग कुरा गर्दै सुलेमान शंकर ‘इकु’ले विष्ट दाजुभाइसँग भिडियोबारे कुराकानी गर्न गएको बेला आफूलाई समेत पक्राउ गरिएको दाबी गरे ।