अबैध लागू औषधसहित पोखराबाट दुई जना स्याङ्जाका युवा पक्राउ परेका छन्। स्याङ्जाको वालिङ नगरपालिका वडा नं.५ स्थायी घर भइ हाल पोखरा ७ माछापुच्छ्रे मार्ग बस्ने वर्ष २३ को किशोर गुरुङ र स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं.५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा १७ बराल फिड बस्ने वर्ष २४ को सुनिल पौडेललाई प्रहरीले अबैध लागू औषधसहित पक्राउ गरेको हो।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
माछापुच्छ्रे मार्गस्थित आफ्नै डेराकोठाबाट पक्राउ परेका गुरुङको कोठाबाट लागू औषध नाईट्रोभ्याट 10 लेखेको एकसय ५६ पत्ता अर्थात दुईहजार तीनसय ४० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ। पोखरा १७ हरियाली टोलमा शंकाश्पद रुपमा हिडिरहेका पौडेलको साथबाट अबैध लागू औषध नाईट्रोभ्याट 10 लेखेको ५३ चक्की बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाइएको प्राप्त समाचारमा जनाइएको छ ।