सामाजिक सञ्जालमा चर्चित डिल्लीराम खनाल पक्राउ : नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोप

सामाजिक सञ्जालमा चर्चित डिल्लीराम खनाल पक्राउ : नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ कार्तिक २०८०
  • 2.8K
    Shares

डिल्लीराम खनाल

युट्युब लगायतका सामाजिक सञ्जालमा उत्तेजक र आक्रामक अभिव्यक्ति दिंदै आएका चर्चित व्यक्ति डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।

नेपाली देनाले दिएको सूचनाको आधारमा खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने साइबर ब्युरोका प्रबक्ता उपनिर्देशक पशुपतिकुमार रायले जानकारी दिए।

रायका अनुसार, उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ । खनालले सेनाको विषयमा के अभिव्यक्ति दिएका थिए भन्ने विषय चाहिँ साइबर ब्युरोले खुलाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार