स्याङ्जामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्। चापाकोट नगरपालिका ७ खासाका ४९ वर्षीय देव बहादुर विकले आफ्नी ४५ वर्षीया श्रीमती पार्वती विकको हत्या गरेर आत्महत्या गरेका हुन्।
प्रहरीका अनुसार, श्रीमती पार्वतीको शब धारिलो हतियार प्रहार गरिएको अवस्थामा मंगलबार बिहान फेला परेको छ भने श्रीमान देवबहादुर विक घर अगाडिको रुखमा झुण्डिएर मृत अवस्था फेला परेको प्रहरीले बताएको छ ।
उक्त घटना के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।