माछापुच्छ्रे गाउपालिकास्तरीय दशैं कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि मर्दी एफसिले जित्यो

माछापुच्छ्रे गाउपालिकास्तरीय दशैं कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि मर्दी एफसिले जित्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 6.4K
    Shares

माछापुच्छ्रे गाउपालिकास्तरीय दशैं कप सेभेन ए साइड फुटबल प्रतियोगिता

कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिकास्तरीय दशैं कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि मर्दी एफ सिले जितेको छ। बिहिबार आयोजित अन्तिम खेलमा आयोजक समेत रहेको मर्दी एफ सिले ह्याप्पी ब्रदर्स लाई सडेन डेथमा पराजित गर्दै माछापुच्छ्रे गाउपालिकास्तरीय दशैं कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

उपाधिसंगै मर्दी एफ सिले नगद रु बीस हजार सहित टर्फी मेडल प्रमाणपत्र हात पारेको छ भने उपविजेता ह्याप्पी ब्रदर्सले दश हजार सहित टर्फी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

उक्त प्रतियोगितामा अनुशाशित टिम सितल देउराली युवा क्लब भेडावारी घोषित भयो भने सर्बोत्क्रिस्ट खेलाडी मर्दी एफ सिका उदयमान खेलाडी सफल ढकालले हात पारे। प्रतियोगिता अवधिभर सात गोल गरेका मर्दि एफ सिका मनिष थापा सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए। उत्कृष्ट मिडफिल्डर हेप्पी ब्रदर्सका मनोज नेपाली घोषित हुदा उत्कृष्ट डिफेन्डर मर्दी एफ सिका सुजन घर्तिमगर गोलरक्षक मर्दी एफ सिकै सुजन नेपाली (एडिक)ले जित्न सफल भए।

यस अघि राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सिले उक्त प्रतियोगिताको अन्तिम खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर खेल शुरु गरेका थिए।

त्यस अवसरमा राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष जिसीले आम युवासंगै खेलाडीहरु पनि विदेश पलायन हुने प्रबृत्ति बढेकोमा चिन्ता प्रकट गर्दै देशमा नै रोजगार र ब्यबसाय गर्ने वातावारण सिर्जना गर्न सरकारसंग आग्रह गरे। साथै उनले युवा विदेश पलायन भैरहेको अवस्थामा युवा ब्यबसायीहरुलाई राहतको प्याकेज ल्याउन पनि सरकारसंग माग गरे।

असोज ३० गते शुरु भएको उक्त प्रतियोगितामा माछापुच्छ्रे गाउन्पालिकका २३ वटा क्लबहरुले प्रतियोगी क्लबका रुपमा सहभागिता जानेका थिए।

क्लबका अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत बिरेन्द्र क्षेत्रीले गरेका थिए भने सन्चालन युवराज जिसिले गरेको क्लबका सचीव मनिष थापाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार