लागू औषध बेचबिखन गरेको आरोपमा पोखराको लेकसाइडबाट मेडिकल हल संचालक पक्राउ

लागू औषध बेचबिखन गरेको आरोपमा पोखराको लेकसाइडबाट मेडिकल हल संचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ कार्तिक २०८०
  • 3.6K
    Shares

लागू औषध बेचबिखन गरेको आरोपमा प्रहरीले पोखराको लेकसाइडस्थित एक मेदिअक्ल संचालकलाई पक्राउ गरेको छ। पोखरा ६ लेकसाइड डिहिकोपाटनस्थित जिना मेडिकल हलका संचालक २८ वर्षीय चौधरीलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो।

मेडिकल हलबाट लागूऔषध कारोवार भइरहेको गोप्य सूचनापछि वडा प्रहरी प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले मेडिकल हाल संचालक चौधरीलाई ८८ एम्पुल लागूऔषधसहित पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, प्रहरीले उक्त मेडिकल हलबाट डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी कुल ८८ एम्पुल लागूऔषध बरामद भएको छ।

अभियुक्त चौधरीबिरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार