चर्को आवाजमा पोखरा बजार थर्काउदै हुँइकिने एकसय आठ वटा मोटरसाइकल कारबाहीमा, करीब एक लाख रुपियाँ राजस्व संकलन

चर्को आवाजमा पोखरा बजार थर्काउदै हुँइकिने एकसय आठ वटा मोटरसाइकल कारबाहीमा, करीब एक लाख रुपियाँ राजस्व संकलन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ कार्तिक २०८०
  • 3.2K
    Shares

स्वरुप परिवर्तन गरिएका मोटरसाइकलको निरिक्षण गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी श्रवन बिक र जिल्ला ट्राफिक प्रहरी कार्यालाया कास्कीका प्रबक्ताबरिष्ठ सई शिव पाठक

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरामा स्वरुप परिवर्तन गरिएका मोटरसाइकलबिरुद्धको कारबाही अभियानलाई निरन्तर रुपमा अघि बढाई रहेका छन्। सो अभियानका क्रममा हालसम्म स्वरुप परिवर्तन गरेर चर्को आवाजमा पोखरा बजार थर्काउदै हुँइकिने एकसय आठ वटा मोटरसाइकललाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

गएको शुरु भएको स्वरुप परिवर्तन गरिएका मोटरसाइकलबिरुद्धको कारबाही अभियानका क्रममा एक लाख आठ हजार रुपियाँ राजस्व संकलन भएको प्रहरीले बताएको छ।

प्रहरीले स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएर परिवर्तित स्वरुप हटाएर बास्तविक स्वरुप कायम गरिएपछि कानून वमोजिम जरिवाना गराए पश्चात सम्बन्धित अभिभावकको जिम्मा लागाउने काम भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी श्रवणकुमार बिकले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार