गोरखा जिल्लाको आँपपिपल क्षेत्रमा पर्ने पाथीभरा गाउँमा एक जना पुरुष मृत्त फेला परेका छन् । पालुङटार नगरपालिका–३ आँपपिपपल, पाथीभराका स्थानिय ५२ बर्षिय गोबिन्द बानियाँको शब हिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
स्थानियले बानियाँको घर भित्रबाट दुर्गन्ध आएको भन्दै ठाँटीपोखरी प्रहरीलाई खबर गरे लगत्तै घटनास्थल पुगेको प्रहरीले घरको ढोका खोली हेर्दा बानियाँको शब सडे गलेर किरा परेको अवस्थामा फेला परेको प्रहरीले जनाकारी दिएको छ ।
बानियाँको शव प्रहरीले आइतबारनै उनकाे आफन्तलाई बुझाएको छ । घटना शंकास्पद नदेखिएको भन्दै आफन्तले पनि शव बुझन माने पछि बुझाएको प्रहरीले जानकारी दिएको छ ।
बानियाँ उक्त घरमा एक्लै बस्दै आएका थिए । उनको श्रीमती सहितको परिवार भने जिल्ला बाहिर बस्ने गरेको मृत्तकका आफन्तले जानकारी दिएको छ ।