भुटानमाथि नेपालको सहज जित : नेपालको सेमिफाइनल यात्रा सम्भावना बढी

भुटानमाथि नेपालको सहज जित : नेपालको सेमिफाइनल यात्रा सम्भावना बढी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ भाद्र २०८०
  • 1.9K
    Shares

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित नेपाल सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ ।

भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रनमा अविजित रहिन् ।

नेपालले ओपनर सीता राना मगर र कविता कुवँरलाई सस्तैमा गुमायो । सीताले ८ रन जोड्दा कविता डकआउट भइन्। अस्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का डकआउट हुँहा नेपालले सहज लक्ष्य पूरा गर्न पनि संघर्ष गर्नु गर्नु परेको हो ।

कविता जोशी ९ रनमा क्याच आउट हुँदा पूजा तीन रनमा क्याच आउट भइन् भने विन्दु रावल शून्यमा अविजित रहिन् । भुटानको लागि अन्जुली घलेले सर्वाधिक तीन विकेट लिइन् । छिरिङ जाङ्मो,सोनम र अन्जु गुरुङले एक/एक विकेट लिए ।

त्यसअघि, यूकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । छिरिङ जाङ्मोले ६ रन बनाइन् ।

नेपालका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । कविता कुँवर र रुबिना क्षेत्रीले समान १/१ विकेट लिए । नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया