जैदीको आर्थिक तथा सामाजिक उत्थानको लागि ” गाउँ विकास निर्माणमा यूवा एकता अभियान ” भन्ने मुल नाराका साथ स्थापना भएको जनचेतना युवा क्लबले आफ्नो १३औ बार्षिकोत्सवको सभ्य र भब्य रुपले सु-सम्पन्न गरे लगत्तै विकासको काम लाई निरन्तरता छ ।
१३औ बार्षिकोत्सव पछिको पहिलो चरण विकासको अभियानमा क्लबले जैदीको टुनीयट खोला देखि अर्जेवाको सुम्सा सम्मको घोरेटो बाटो मर्मत गरेको छ । यात्रुको आवतजावतमा सहजता होस् भन्ने मुख्य उद्देश्यले घोरेटो बाटोको मर्मत गरिएको हो । बागलुङको पश्चिमी भेग बाट पर्वतको फलेवास जोडिने बिचको २ कि.मि घोरेटो बाटो सरसफाइ गरिएको क्लबका अध्यक्ष ललित कुमार थापाले जानकारी दिए । 
वर्षाको समयमा पानीले खोलेर बाटोमा ठूल्ठूला खाल्डाखुल्डी परेका थिए भने माथिबाट पहिरो खसेर आवतजावतमा समस्या उत्पन्न भएको थियो l ‘क्लबका अध्यक्ष ललित कुमार थापाले भने, यो बाटो मर्मत तथा सरसफाइ गरेपछि बाग्लुंग सहित पर्वतका सर्वसाधरणलाई पनि सहजता हुनेछ । त्यसै गरि क्लबले स्थानियकै सहयोगमा गत पौष २५ गते समेत जैदी सितल डाँडा देखि मौरत टोल सम्म १ कि.मि. बाटो सरसफाइ गरेको थियो ।
साथीभाइहरू गफ गरेर खेर जाने समयलाई हामीले सामाजिक काममा लगाउने निर्णय गर्यौँ’ स्थानीय मान्धब गिरीले भने, ‘यसबाट हामीलाई अझै हौसला थपेको छ र आगामी दिनमा अझै यसप्रकारका सामाजिक कार्यमा लाग्न अभिप्रेरितसमेत गरेको छ ।’
बाटोको मर्मत तथा सरसफाइका लागि स्थानीयवासीले आ-आफ्नो घरमा भएका कुटो, कोदालो, गैटी, सावललगायत औजार लिएर स्वतःस्फूर्त रूपमा निस्केका थिए ।
विभिन विकासका काम लाई निरतारता दिदै आइरहेको उक्त क्लब लाई स्थानियबासि, आमा समूह , राजनैतिक दल, ब्यबसायी, बूद्धिजिवी, पत्रकार आदि सबैले खुलेर प्रसंसा गर्ने गरेका छन् । देउसीभैलो र माघेसंक्रान्तिको अवसर पारेर गरिने माघे महोत्सव बाट संकलित रकम क्लबले विभिन्न विकासका कामका लागि खर्च गर्ने गरेको क्लबका सचिव भिम कुमार थापाले जानकारी दिए । आगामी दिनमा समेत यस्ता विकासका काम लाई निरन्तरता दिने प्रतिबद्धता गरे ।