तात्कालिन राजा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाको माग राख्दै लागे गणतन्त्रबिरुद्धको नारा

तात्कालिन राजा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाको माग राख्दै लागे गणतन्त्रबिरुद्धको नारा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ साउन २०८०
  • 3.9K
    Shares

आदिबासी तथा जनजाति दिवसका दिन आयोजित र्यालीका सहभागीहरुले पोखराको पृथ्वीचोकमा रहेको प्रथम शहिद लखन थापाको शालिकमुनि राखिएको तात्कालिन राजा पृथ्वीनारायण शाहको प्रतिमा हटाइएपछि यति बेला सोही ठाउँमा तात्कालिन राजा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाको माग राखेर पोखरा र काठमान्डौमा आन्दोलन चलिरहेको छ। यी आन्दोलनहरुमा राजावादीहरुको पार्टी भनेर पहिचान बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुको बढी सक्रियता देखिएको छ।

पोखराको पृथ्वीचोकबाट तात्कालिन राजा पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको भए पनि आन्दोलनकारीहरुले आफ्नो आन्दोलनलाई काठमाण्डौ केन्द्रित गरेको जस्तो देखिएको छ। त्यसो त पोखरामा पनि राजावादी भनिनेहरुको समूहले शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। उनीहरुले पोखराका मेयर धनराज आचार्यलाई ‘शालिक चोर’को संज्ञा दिदै पृथ्वीचोकमा शान्तिपूर्ण प्रदर्शनका साथमा तात्कालिन राजा पृथ्वीनारायण शाहको प्रतिमा पुनर्स्थापनाको माग राखेर हस्ताक्षर संकलन अभियान संचालन गरेका छन्। उनीहरुले मेयर धनराज आचार्यको पुत्ला दहन समेत गरेका छन्।

यता पोखराको पृथ्वीचोकबाट तात्कालिन राजा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापना गर्न भन्दै राजावादीहरुले काठमाण्डौमा पनि आन्दोलन गरिरहेका छन्। उनीहरुले राजनीतिक स्टन्टबाजीका रुपमा पोखराको पृथ्वीचोकबाट तात्कालिन राजा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाको मागलाई उपयोग गरेको देखिन्छ। पोखरामा जस्तै उनीहरुले काठमाण्डौको माइतीघर मण्डलामा बिरोध प्रदर्शन, पुत्लादहन, राँके जुलुश जस्ता आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन् नै, पोखराका मेयर आचार्यलाई ‘शालिक चोर’को संज्ञा दिदै राजतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दाबाद’को नारा पनि लगाएका छन्।

तत्कालिन राजा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाको माग राखेर गरिएको आन्दोलनलाई पोखराका मेयर धनराज आचार्यले ‘राजनीतिक स्टन्ट”को रुपमा व्याख्या गरेका छन्। उनले मंगलबार आफ्नो एक भिडियो सार्वजनिक गर्दै त्यस्तो टिप्पणी गरेका छन्।

उक्त सार्वजनिक भिडियोमा उनले आफूले कोही कसैको शालिक/प्रतिमा चोरी नगरेको जिकिर गर्दै राजनीतिक सहमतिमा सर्वदलीय बैठकको निर्णय अनुसार आफूले तत्कालिन राजा पृथ्वी नारायण शाहको प्रतिमालाई सुरक्षित रुपमा राखेको जिकिर गरेका छन्। मेयर आचार्यले सोही सर्वदलीय बैठकको निर्णय अनुसार सबैको सल्लाह र सहमतिमा आगामी एक महिनाभित्र पोखराका चोक र सडकहरुमा रहेका शालिकहरुलाई पोखरा १८ को बिभुति पार्कमा स्थानान्तरण गरिमे त्यस भिडियोमा बताएका छन्।

तात्कालिन राजा पृथ्वीनारायण शाहको शालिक पोखरा १८ को बिभुति पार्कमा स्थानान्तरण गरिसकिएको जानकारी दिईरहदा त्यस भिडियोमा उनले आफ्नो प्रतिरक्षामा गलत तथ्यको सहयोग लिएका छन्। उनले दोश्रो जनआन्दोलन सकिए पछि २०६४ सालमा तत्कालिन माओवादी कार्यकर्ताहरुले पोखराको पृथ्वीचोकमा रहेको राजा पृथ्वी नारायण शाहको शालिकलाई तोडफोड गरेर फालेको तथ्यलाई विषयान्तर गरेर उनले उक्त भिडियोमा तात्कालिन राजा पृथ्वी नारायण शाहको शालिक २०६४ सालमा नै हट़ाइएको बताएका छन्। तत्कालिन अवस्थामा माओवादी कार्यकर्ताहरुले त्यति बेला राजा पृथ्वी नारायण शाहको शालिक तोडफोड गरेको भए पनि पछि सम्म उक्त चोकको नाम पृथ्वी चोक नै रहेको थियो। त्यति बेला यस्ती बिबाद भए पछि पृथ्वीचोकबाट सबै खालका शालिकंहरु हटाइएको थियो। त्यस पछि मगर समुदायले रातारात सोही ठाउँमा नेपालका प्रथम शहिद लखन थापाको शालिक राखेको थियो।
पछि पोखरा महानगरपालिकाले आफ्नै लगानीमा उक्त स्थानमा हालको शालिक बनाएर स्थापना गरेको हो।

प्रतिक्रिया