नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभलमा चीनको सिचुवान ड्रागन बोटले दोहोरो उपाधि जितेको छ ।
५०० मिटर स्टे«ट ट्रयाक रेसमा सिचुवानले निर्धारित दुरी २ः२०ः९० मिनेटमा पूरा गरेको हो । २०० मिटरतर्फ उसले निर्धारित दुरी ००ः५३ः८१ मिनेटमा पूरा गर्न सक्यो ।
नेपालको नारा ड्रागन बोट टिम दुवै विधामा उपविजेता बन्न सक्यो । ५०० मिटरतर्फ नेपाली टिमले २ः२३ः८३ मिनेटमा निर्धारित दुरी पुरा गर्दा २०० मिटरतर्फ ००ः५६ः४३ मिनेटमा पूरा गरी उपविजेता भएको हो ।
दुवै इभेन्टमा विजेता सिचुवानले साढे ५ लाख दरले कुल ११ लाख र नेपाली टिम नाराले दुवैतर्फ साढे ३ लाख दरले कुल ७ लाख पाएको आयोजकले जनायो ।
कुल ८ टिमले भाग लिएकोमा चीनको युनान ड्रागन बोट टिम दुवै विधामा तेस्रो र नेपालको एनआरसिए टिम चौंथो भए ।
शनिबार समापनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत चन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले पुरस्कार वितरण गरे ।