काठमाडौंबाट भारतको लागि छुटेको बस धादिङ्गको गल्छीमा दुर्घटना हुँदा एकको मृत्यु १२ घाइते

काठमाडौंबाट भारतको लागि छुटेको बस धादिङ्गको गल्छीमा दुर्घटना हुँदा एकको मृत्यु १२ घाइते

  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०८०
  • 5.9K
    Shares

काठमाडौंबाट भारतको लागि छुटेको बस धादिङ्गको गल्छीमा दुर्घटना हुँदा एकको मृत्यु १२ घाइते

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

दुर्घटनामा१२ जना यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

३० जना यात्रुहरु बोकेर हिडेको एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया