पोखरामा पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने पोखरा महानगरको घोषणा

पोखरामा पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने पोखरा महानगरको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ असार २०८०
  • 3K
    Shares

पोखरा महानगरका मेयर धनराज आचार्य

काठमाण्डौ महानगरका मेयर बालेन शाहको सिको गर्दै पोखरा महानागरपालिकका मेयर धनराज आचार्यले पनि पोखराका सिनेमा हलहरुमा हिन्दी सिनेमा प्रदर्शन गर्न रोक लगाएका छन्। मेयर आचार्यले आइतबार पोखरामा रहेका तीन वटा सिनेमा घरहरु मिडटाउन,सिने प्लेक्स, श्रीकृष्ण, बिन्द्याबासिनी बाराही क र ख लाई पत्राचार गर्दै पोखरा भित्रका सम्पुर्ण सिनेमा घरहरुमा कुनै पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउन” निर्देशन दिएका हुन्।

मेयर आचार्यद्वारा हस्ताक्षरित उक्त पत्रमा “भारतीय सिनेमा ‘आदिपुरुष’मा प्रयोग भएको ‘जानकी भारतीय छोरी हुन’ भन्ने खेदजनक शब्द नसच्चाए सम्म पोखरा भित्रका सम्पुर्ण सिनेमा घरहरुमा कुनै पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउन” भनिएको छ ।

भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएर आदिपुरुषको बिबादित संवादबारे प्रष्टीकरण दिएको अवस्थामा आजदेखि पोखरामा हिन्दि चलचित्रहरु प्रदर्शन हुन्छन कि हुदैनन्, आधिकारिक रुपमा केही जानकारी आएको छैन।

यसैबीच पोखराका मेयर आचार्यले गएराती फेसबुकमा एक स्टाटस राख्दै “भारतिय चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तसिर शुक्लाको नेपाल भारत को अँश थियो भन्ने अन्तरबार्ताप्रति घोर आपत्ति जनाएका छन् । उनले आफ्नो स्टाटसमा “सार्वभौम नेपालका लागि यस प्रकार का अभिब्यक्ति सैह्य हुदैन।” भनेका छन्।

पोखरामा हिन्दि चलचित्र प्रदर्शनमा रोक लगाउने बारे पोखरा महान्गरद्वारा गरिएको पत्राचार

प्रतिक्रिया