मध्यपहाडी लोकमार्गको सिन्धुलीको खुर्कोट नजिकै सुनकोशी नदीमा सरकारी गाडी खस्दा तीन जना बेपत्ता भएका छन्। काठमाडौँबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको सरकारी गाडी शुक्रबार बिहान साढे ११ बजे खुर्कोटको नौपेलस्थित हाइवेबाट करिब ७० मिटर तल सुनकोशी नदीमा खस्दा सो गाडीमा सवार तीन जना बेपत्ता भएका हुन्।
गाडीमा सवार चार जना मध्ये चालक भने दुर्घटनास्थलभन्दा १०० मिटर तलबाट पौडिँदै निस्किन सफल भएका प्रहरीले जानकारी दिएको छ। तर अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको छ।
बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रवाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।हराए का अन्य तीन जनाको स्थानीयको सहकार्यमा प्रहरीले खोजी कार्य थालेको छ।