आज सन्दीप लामिछानेविरुद्दको मुद्दामा सुनुवाई हुदै

आज सन्दीप लामिछानेविरुद्दको मुद्दामा सुनुवाई हुदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 3.1K
    Shares

आज सन्दीप लामिछानेविरुद्दको मुद्दामा सुनुवाई हुदै

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ।

२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो। त्यसपछि सन्दीपलाई तुरुन्तै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो।

जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। तर,उच्च अदालतले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि थुनामुक्त भएका सन्दीपमाथिको निलम्बन फुकुवा भएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको एकल इजलासमा लामिछानेविरुद्ध मुद्दाको पेशी तोकिएको छ।

प्रतिक्रिया