दुवै गोडा गुमाए पनि सफल सगरमाथा आरोहण गरेका बुढामगरलाई एयरपोर्टमै सम्मान गरियोस: संसदमा उठेको कुरा

दुवै गोडा गुमाए पनि सफल सगरमाथा आरोहण गरेका बुढामगरलाई एयरपोर्टमै सम्मान गरियोस: संसदमा उठेको कुरा

  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ जेष्ठ २०८०
  • 3K
    Shares

दुवै गोडा गुमाए पनि सफल सगरमाथा आरोहण गरेका बुढामगरलाई एयरपोर्टमै सम्मान गरियोस: संसदमा उठेको कुरा

रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ ।

दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका बुढामगर भोलि काठमाडौं फर्किंदै गरेको जानकारी गराउँदै रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले सरकारले उनलाई एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी हुन् ।

रोल्पाको थवाङ गाउँपालिका-३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । उनका घुँडादेखि तल दुवै खुट्टा छैनन् ।

प्रतिक्रिया