ओली-प्रचण्ड भेट : रायमाझी बारे यसो भने प्रचण्डलाई ओलीले, भयो यस्ता चार सहमति

ओली-प्रचण्ड भेट : रायमाझी बारे यसो भने प्रचण्डलाई ओलीले, भयो यस्ता चार सहमति


  • जन संचार
  • आइतबार, २४ बैशाख २०८०
  • 8.6K
    Shares

नक्कली भुटानी प्रमाणीत प्रकरणमा एमाले सचिव एबम माओवादीका तात्कालिन नेता टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भए पछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनमा दोश्रो शनिबार राती दोश्रो भेट सम्पन्ना भएको छ।

धेरिले एमाले अध्यक्ष ओलीले नक्कली भुटानी प्रकरणमा आफ्ना सचिव टोपबहादुर रायमाझीलाई बचाइदिन प्रम प्रचण्डलाई आग्रह गरेको अनुमान गरेको भए पनि त्यसको साथमा उक्त भेटा बिभिन्ना चार वटा सहमति कायम भएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

स्राेतका अनुसार उक्त वार्तामा चारवटा विषयवस्तुमा कुराकानी भएका थिए । भेटमा संबैधानिक परिषदको बैठक बोलाउने पहिलो सहमति भएको बताइएको छ। सोही सहमति बमोजिम सरकारले आज साँझ छ बजेलाई संबैधानिक परिषदको बैठक बोलाएको छ। आजको बैठकले प्रधान न्यायाधिश नियुक्ति बारे निर्णय हुने बताइएको छ।

संसद बैठकमा प्रस्तुत हुने विधेयकहरूको अवस्थाबारे पनि ओली प्रचण्ड बिचको भेटमा छलफल भएकाे समाचार स्रोत हरुले जानकारी दिएका छन्। यसैगरी आगामी बजेटका नीति र सिद्धान्बमरे पनि छलफल भएकाे बालुवाटार स्राेतले बतायाे ।

भेटवार्ताकाे चाैंथाे महत्त्वपूर्ण विषय नक्कली शरणार्थी कान्ड थियाे । ओलीले अभियुक्तको बयान रोकिँदा नाम लिइएका मान्छेलाई जोगाउने प्रयास भएको आफूले जानकारी पाएको बताएका थिए । त्यसो हुन नहुने भन्दै उनले प्रधानमन्त्रीलाई सचेत गराए ।

एमाले सचिव टाेपबहादुर रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने ओलीले बताएका छन् । रायमाझी हाल आफूसँग सम्पर्कमा नभएको उनकाे भनाइ थियाे । ओलीले शरणार्थी प्रकरणमा आफूले पाएका केही सूचना प्रधानमन्त्रीलाई दिएकाे बुझिएकाे छ । प्रधानमन्त्री प्रचण्डले उक्त सुचनाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत बुझ्ने बझाएका छन् ।

प्रतिक्रिया