सिम्रिक एयर दुर्घटनामा क्याप्टेल सुरेन्द्र पौडेलसहित तीनजना घाइते

सिम्रिक एयर दुर्घटनामा क्याप्टेल सुरेन्द्र पौडेलसहित तीनजना घाइते


  • जन संचार
  • शुक्रबार, २२ बैशाख २०८०
  • 3.4K
    Shares

दुर्घटनाग्रस्त सिम्रिक एयर

संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेल सुरेन्द्र पौडेलसहित तीनजना घाइते भएका छन् । अहिले दुर्घटना स्थालमा सिम्रिकले अर्काे हेलिकप्टर पनि पठाएको छ ।

दुर्घटना पछिको अवस्था बारेमा कुनै जानकारी नभएको सिम्रिकले बताएको छ । सिम्रिकले भन्यो, ‘हेलिकप्टर दुर्घना भएको ठाउँमा फोन लाग्दैन । हामीले अर्काे हेलिकप्टर पठाएका छौं । केही बेरमा घटनाको जानकारी आउने छ ।’ तर स्थानीयका अनुसार दुर्घटनामा कोपाइलट टिम मेम्बर छिरिङ भोटे र स्थानीय भविन गुरुङ पनि घाइते भएका छन् ।

नेपाली सेनाको टोलीले हेलिकप्टर दुर्घटनामा घाइते भएका तीनै जनालाई उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताए ।

घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया