आज यी पांच प्रदेशमा वर्षाको सम्भावना

आज यी पांच प्रदेशमा वर्षाको सम्भावना


  • जन संचार
  • मंगलबार, ५ बैशाख २०८०
  • 2.9K
    Shares

मंगलबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका धेरै भूभागहरूमा तुवाँलोको सम्भावना रहेको छ।

प्रतिक्रिया