सातबर्ष रिलेशनमा रहेका हिरो सौगात मल्ल र पुर्व मिसनेपाल सृष्टि श्रेष्ठको ब्रेकअप !

सातबर्ष रिलेशनमा रहेका हिरो सौगात मल्ल र पुर्व मिसनेपाल सृष्टि श्रेष्ठको ब्रेकअप !


  • जन संचार
  • बिहिबार, १६ चैत्र २०७९
  • 26.4K
    Shares

सौगात र सृष्टिको ‘ब्रेकअप’

नेपाली चलचित्रका अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा दरार आएको छ ।

सौगातले सहमतिमै आफूहरु अलग हुने बाटोमा अघि बढेको बताएका छन् । सृष्टि चाहिं आराम गर्न भन्दै यतिबेला लण्डनमा परिवारसँग छिन् ।

‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौं । हाम्रो कुरै भएको हो,’ सौगातले भने, ‘मलाई यसमा अहिले हतार छैन, हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो ।’ केही महिनाअघि उनीहरुले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए ।

यस बारे यसो भन्छन सौगात – ‘हाम्रो कुरै भएको हो । हामी काम गर्ने समयमा र केही गर्नुपर्ने समयमा एकापसमै धेरै इन्गेज भयौं । अहिलेको समयमा गर्नुपर्ने कामलाई अघि राखेर अघि बढ्ने सोचेको छु । मलाई अहिले नै हतार छैन यसमा । हेर्दाखेरि उसलाई पनि हतार देखिएन, काममा फोकस गरौं भन्ने हो ।’

प्रतिक्रिया