कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग-२ त्रिकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
टिकट काटेर बसेका दर्शकहरु बिहान ७ बजेदेखि नै खेल हेर्न मैदानमा पुगेका थिए भने अहिले पनि दर्शकहरू मैदान जाने क्रम अझै जारी छ। हजारौं दर्शकहरू यतिबेला कीर्तिपुर पुगेका छन्।
बार नाघेर, ढोला फोडेर दर्शकहरू मैदान छिरेपछि प्रहरीलाई रोक्न हम्मे हम्मे परेको छ।