पोखराबाट बेपत्ता चार वर्षीय बालक खुंडेपोखरीमा मृत भेटिए

पोखराबाट बेपत्ता चार वर्षीय बालक खुंडेपोखरीमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० फाल्गुन २०७९
  • 6.6K
    Shares

सोमबार साँझदेखि बेपत्ता रहेका चार वर्षीय एक बालक मंगलबार पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित खुंडेपोखरीमा मृत भेटिएका छन्। सोमबार साँझदेखि बेपत्ता पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङस्थित धारापानीमार्गका चारवर्षीय सुहौन केसी स्थानीय खुंडेपोखरीमा मृत भेटिएका हुन्।

पर्वत घर भई पोखराको धारापानीमार्गमा अभिभावकसँगै वस्दै आएका बालक केसी सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा भोलिपल्ट पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । घर अगाडी रहेको खुडेपोखरीमा खेल्ने क्रममा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सबैतिर चौतर्फि खोजि गर्दा पनि बालक नभेटिएपछि मंगलवार घर नजिकैको खुँडेपोखरीमा शशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उद्धारटोलीले खोजि गर्दा बालकको शव निकालेको थियो । बालक पोखरीमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

सुरक्षाकर्मीको टोलीले करिव तीन घण्टाको प्रयासपछि बालकको शव निकालेको थियो । बालकको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा लगिएको र घटना बारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बस्तीको बीच भागमा खुल्ला अवस्थामा रहेको खुँडेपोखरीमा प्रायःजसो हरेक बर्ष विशेष गरेर पौडी खेल्न र माछा मार्न पुगेका बालकहरु डुव्ने गरेका छन । बर्षौदेखि खुल्ला छोडिएका कारण दर्जनौको ज्यान गएपनि सरोकारवाला निकायले संभावित दुर्घटनाको ख्याल नगर्दा अप्रिय घटना घट्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार