आठ वर्षिया बालिकाको बलात्कारपछि हत्या

आठ वर्षिया बालिकाको बलात्कारपछि हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ बैशाख २०७३
  • 12.4K
    Shares

पाल्पाको तानसेन नगरपालिका, ११ प्रभास नजिकै होलाङ्दीखोलामा विद्यालयबाट फर्किदै गरेकी एक वालिकाको बलात्कारपछि हत्या भएको छ । स्कुलबाट फर्कदै गरेकी तानसेन नगरपालिका, ११ लामडाँडा प्रभासकी आठ वर्षिय बालिका वर्षा दर्लामीको बलात्कारपछि सोमबार विभत्स हत्या भएको आफन्तले बताएका छन् । तानसेन नगरपालिका, १४ सुन्दरगाउँको सरस्वती माविमा कक्षा, ३ मा अध्ययन गर्ने दर्लामीको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि नगरेपनि आफन्तले भने पुष्टि गरेका छन् ।

तानसेन नगरपालिका, ११ लामडाँडास्थित घरमा आºनै भाई अनिलसँग विद्यालयबाट फर्कने क्रममा दर्लामी प्रभास चौकी नजिकैबाट अपहरणमा परेकी हुन् । अपहरणपछि सिद्दार्थ राजमार्ग र तेल्घातर्फ जाने सडकको नजिकै होलाङ्दी खोलाको झाङ्मा लगेर बलात्कारपछि बालिकाको हत्या भएको स्थानीयले बताएका हुन् ।

मृतकका भाइ पाँच वर्षका कक्षा, १ मा अध्ययन गर्ने अनिलले दिदी वर्षालाई एकजना युवाले समातेर लागेको भनेर घरपरिवारमा खबर गरेपछि प्रहरी र स्थानीयले खोजीकार्य गरेका थिए । खोजबिन गर्दा केही घन्टापछि भेटिएको बालिकाको शवमा कुनैपनि कपडा नभएको र यौन अंगबाट समेत रगत बगिरहेको अवस्थामा शव फेला परेको मृतकका आफन्त रामबहादुर दर्लामीले बताए । उनी रगताम्मे भएकी थिइन् । घाँटीमा रहेको टाइ भने बाँकी थियो ।

मृतकका परिवारले तेल्घा गाविस, १ का २१ वर्षिय विशाल भन्ने दिपक न्यौपाने घटनामा संलग्न रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले अनुसन्धानकालािग न्यौपानेसहित पा“च जना युवालाई पक्राउ गरेका छ । न्यौपाने राजमार्गको बाँसटारी र प्रभास बिच भागमा बस्ने गर्छन् । प्रहरी निरीक्षक रमेश भेटवालले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको र विस्तृत जानकारी बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइने बताए । प्रहरीले बुधबार ११ बजे पत्रकार सम्मेलन गर्दैछ ।

पोष्टमार्टमपछि जिल्ला सरकारी अस्पतालका मेडिकल अधिकृत डा. भास्कर हुमागाईले बालिकामाथि बलात्कार भएको संक्षिप्त प्रतिकृया दिए । हत्यामा संलग्न युवकले नसालु पदार्थ गाजा सेवन गरी जघन्य अपराध गरेको स्थानीयले बताएका छन् । हत्यापछि बालिकाले कानमा लगाएको सुनको गहनासमेत ती युवकले स्थानीय सुन पसलमा बिक्रीका लागि लगेको स्थानीयले देखेपछि प्रहरीलाई पक्राउ गर्न सहज भएको थियो । बालिका हत्या, अपहरण र बलात्कारको घटनाविवरण अनुसार कक्षा, १ मा पढ्ने पा“च वर्षिय अनिल दर्लामी सोमबार ५ बजेतिर आत्तिदै आफ्नो घरमा पुगेका थिए । दिउँसो ३ बजेर २० मिनेटमा विद्यालय छुट्टी भएपछि दिदी वर्षासंगै घर हिडेका थिए ।

तेल्घा र नगरपालिकाको सिमाना होलाङ्दीखोलामा विद्यालयबाट फर्केकी बालिका वर्षाको कपडा, झोला, हेडबिन देखिएको थियो । त्यहीबाट फर्केर पाँचसय मिटर नजिकै प्रभासमा रहेको प्रहरी चौकीमा पुगेर प्रहरीलाई मौखिक जाहेरी गरेका थिए । घटनस्थल पुगेका स्थानीयका अनुसार रगताम्मे अवस्थामा रहेको शव निकाल्दा झनै रगत बग्यो । बालिकालाई बलात्कार गरेर हत्या गरेको हुनसक्ने त्यहाँ पुग्ने सबैले आशंका गरेका थिए । तत्काल त्यसक्षेत्रमा प्रहरी परिचालन गरियो । केही युवा पक्राउ परेका थिए । मृतक वर्षाको ठूलोबुबा रामबहादुर दर्लामीका अनुसार प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ । सोमबार बेलुकी भएको घटनाको शवको पोष्टमार्टम भने मंगलबार ३ बजेमात्र भएको छ । डाक्टरले यस विषयमा धेरै कुरा चाहेनन् । आफन्तले भने टाउको र आँखा साथै यौनाङगमा गहिरो चोट लागेकोे बताएका छन् । वर्षाको शव भेटिएपछि आमा बविताको आँखाबाट आँसु थामिएको छैन ।

बेलुका घटना थाहापाएपछि नै उनी घरिघरि बेहोस हुने गर्छिन । श्रीमान् हरिबहादुर श्रीमतीलाई सम्झाउने गरेका छन । बालिकको हत्यापछि स्थानीय बासिन्दा, छिमेकी सबै शोकमा डुबेका छन् । स्थानीय खिमबहादुर थापाले भने, ‘घरपरिवारलाई सम्झाउनै सकिएको छैन ।’ टोलभरि नै रुवाबासी चलेको छ । वर्षाको शव पोष्टमार्टमा भएको ढिलाइले झनै समस्या ल्याएको हो । मृतक वर्षाले अध्ययन गर्ने सरस्वती माविले प्रहरी चौकी प्रभासमार्फत् जिल्ला प्रहरी कार्यालयलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकसमेतले प्लेकार्ड सहित ज्ञापनपत्र बुझाएका हुन् । प्रधानाध्यापक शंकरप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलमता न्यौपाने र शिक्षक अभिभावक संघका अध्यक्ष केशवप्रसाद घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने र हिडडुल गर्न पाउने अधिकारको सुनिश्चितता र सामाजिक सुरक्ष्ाँ माग गर्दै यस्ता घटना घटाउनेलाई कडाभन्दा कडा कारबाहीको माग गरे ।

प्रतिक्रिया