नेपाल क्रिकेट संघ (क्यान)का सात जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।
मंगलबार पोखरामा जारी कार्यसमितिको बैठकको शुरुवातमा नै सात जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाउदै अध्या पदबाट राजिनामा मागेका थिए। नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् ।
अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् । उनीहरुमध्ये छजना कार्यसमिति बैठकस्थलमै छन् भने अस्वस्थका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् ।