पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको औपचारिक उद्घाटन आइतबार हुने : पोखराबाट अन्तरराष्ट्रिय उडान भने तत्काल नहुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको औपचारिक उद्घाटन आइतबार हुने : पोखराबाट अन्तरराष्ट्रिय उडान भने तत्काल नहुने


  • जन संचार
  • शनिबार, १६ पुष २०७९
  • 14.3K
    Shares

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

लामो समयको प्रतिक्षा पछि आइतबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको औपचारिक उद्घाटन हुदैछ। उक्त बिमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन।

कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुँदै छ ।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा झन्डै २२ खर्ब डलर ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकम मध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ ।

ठुलो धनराशि खर्चिएर बनाइएको यस बिमनास्थलबाट तत्कालै अन्तरराष्ट्रिय उडान भने नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। अहिलेसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तराष्ट्रिय उडान हुने बताउँदै आएपनि अन्ततः उडान नहुने भएको छ । बरु अन्तराष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ । तर पोखराबाट अन्तराष्ट्रिय उडानको टुंगो लागेको छैन ।

नेपाल उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले संचालनको अन्तिम तयारीमा रहेको खरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थललाई राम्रो खेलौनाको रुपमा दाँज्दै अघि भने, ‘हामीले राम्रो खेलौना बनाएर बजारमा बेच्न राखेका छौं । त्यो खेलौना कुन दिन बिक्री हुन्छ थाहा छैन।’

अहिलेसम्म अन्तररास्ट्रिय उडान कहिले हुने भन्ने बारेमा टुंगो नलागेको अवस्थामा प्राधिकरण पोखराका प्रमुख विक्रम गौतम पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय बिमानास्थलबाट नेपालको सम्वृद्धि शुरु हुने दाबी गर्छन। प्रमुख गौतमका अनुसार, नेपालले चीनलाई वार्षिक झन्डै १५ करोड डलर साँवा ब्याज तिर्नुपर्ने हुन्छ।

संचालनको अन्तिम तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय बिमानस्थलले वार्षिक ५० करोड भन्दा बढी आम्दानी गर्ने जिकिर गर्दै गौतमले अघि थपे, ‘पूरानो एयरपोर्टले नेट २५ करोड वार्षिक आम्दानी गरेको छ । यो एयरपोर्टबाट ५० करोड आम्दानी हुने अनुमान छ,’ उनले भने, ‘अझै पर्यटक बढे एक अर्वसम्म हुन सक्छ ।’

उद्घाटनका बेला अन्तराष्ट्रिय उडान नहुने भएपछि पोखरेलीहरु निराश भएका छन् । मेयर धनराज आचार्य भने विमानस्थल उद्घाटन नै उत्सव भएको बताउँछन् । ‘पोखराको लागि यो उत्सव हो । हामीले सार्वजनिक विदा नै दिएर उद्घाटनमा नागरिक र कर्मचारीलाई सहभागी गराउँदै छौं,’ उनले भने, ‘विमानस्थल चल्न थालेपछि पोखरा विकासको ढोका खुल्छ । ५० वर्ष पूरानो पोखराको सपना अहिले पूरा हुनु खुशीको कुरा हो ।’

२०३२ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले नै अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण शुरु गरेका थिए । तत्कालीन समयमा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि छसय २९ रोपनी अधिग्रहण भयो । पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्व लगानीमा विमानस्थल निर्माण गरिएको हो ।

दुई हजार पांच सय मिटर रनवे भएको पोखरा विमानस्थलमा एयरवस ३२० उडान र अवतरण हुन सक्छ । यहाँबाट नजिकका गन्तब्यहरुमा उडान भर्ने योजना प्राधिकरणको छ ।

प्रतिक्रिया