शनिवारदेखि शुरु हुने नेपाल टि-२० लिग क्रिकेट प्रतियिगिता प्रथम बिजेताको पुरस्कार ५५ लाख

शनिवारदेखि शुरु हुने नेपाल टि-२० लिग क्रिकेट प्रतियिगिता प्रथम बिजेताको पुरस्कार ५५ लाख


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७९
  • 13.6K
    Shares

शनिवारदेखि नेपाल टि - २० लिग

नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

शनिबारदेखि शुरु हुने प्रतियोगिताको अघिल्लो दिन नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो ।

सेभेन थ्रीका प्रमुख जतिनले १ करोड २५ लाख रुपैयाँको कुल पुरस्कार राशी सार्वजनिक गरे । जसमा उपाधि विजेताले ५५ लाख, उपविजेताले ३० लाख रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुनेले क्रमश: १० र ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५ लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमर्जिङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउनेछन् ।

हरेक खेलकाे प्लेयर अफ द म्याचले ४० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार