बुटवलका चोक तथा गल्लीहरुमा केटा जिस्काउने सात जना युवती पक्राउ

बुटवलका चोक तथा गल्लीहरुमा केटा जिस्काउने सात जना युवती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ पुष २०७९
  • 15.8K
    Shares

बुटवलमा पक्राउ परेका यौनकर्मी

रुपन्देहीको बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इशाराका संकेतहरुबाट जिस्काइरहेका सात जना युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक चोकमा महिलाको समूहले पैदलयात्री पुरुषहरुलाई यौनजन्य इशारा गरेर जिस्काउने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई अपशब्द बोल्ने, यौनजन्य इशाराका संकेतहरुबाट जिस्काउने, हातपात गर्ने गरेका थिए। पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार