सडक बाटोमा बसेर सवारी चेकजांच गर्ने ट्राफिक प्रहरीहरु आफ्नै कार्यालयभित्र तास खेलिरहेको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ। उक्त भिडियोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको कार्यालयभित्रै त्यहाँ कार्यरत ट्राफिक प्रहरीहरु तास खेलिरहेको देखिएको छ।
म्याग्दी सदरमुकाम बेनीमा संचालन हुँदै आइरहेको धवलागिरी टेलिभिजनले सार्वजनिक गरेको उक्त भिडियोमा जिल्ला ट्राफिक प्रहरी प्रमुख सहायक निरीक्षक (असई) इन्द्र जङ्ग थापा अन्य ट्राफिक प्रहरी सहकर्मीसँग तास खेलिरहेका छन्।
उक्त टेलिभिजनले तयार गरेको भिडियो सामाग्रीमा म्याग्दीस्थित ट्राफिक प्रहरीहरु अबैध असुलीमा संलग्न रहेको टिप्पणी गरिएको छ।
सर्वसाधारणले तास खेलेको देखे कारबाहीको लागि भन्दै समातेर हिरासतमा कोच्ने म्याग्दी प्रहरी भने जिल्ला ट्राफिक प्रहरी कार्यालयभित्रै जुवातास खेलिरहदा बेखबर छ।