बैतडीमा शनिवार एक जना शिक्षक मृत भेटिएका छन् । सुर्नया गाउँपालिका–२ का ५५ वर्षीय धनबहादुर बिष्ट पाटनमा मृत भेटिएका हुन् ।
उनी कृष्ण माध्यमिक विद्यालय पाटनमा अध्यापनरत शिक्षक थिए। विद्यालयको छात्रबास पछाडि रहेको भिरालो ठाउँमा बिष्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
उनको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।