साबिक भलाम गाबिस वडा नम्बर २ हाल पोखरा महानगरपालिका वडा नं २० स्थित चण्डिका टोल विकास संस्थाको अध्यक्षमा फेरी रामबहादुर हमाल चयन भएका छन्।
शनिबार सम्पन्न संस्थाको दोश्रो साधारण सभाले फेरी रामबहादुर हमालको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको हो । उक्त साधारण सभाले समितिको उपाध्यक्षमा विजय कार्की, सचिवमा नवीन नेपाली, सहसचिवमा गणेश बस्नेत, कोषाध्यक्षमा मधु शाहीलाई चयन गरेको छ भने अनिल विक, राजेश्वरी हमाल, सरस्वती शाही, विवस नेपाली र पवन शाही रहेको सहसचिव गणेश बस्नेतले जानकारी दिएका छन्।