पर्खाल भत्किदा च्यापिएर वालिङमा एक मजदुरको मृत्यु

पर्खाल भत्किदा च्यापिएर वालिङमा एक मजदुरको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ पुष २०७९
  • 14.2K
    Shares

पर्खाल भत्किँदा च्यापिएर वालिङमा एक मजदुरको मृत्यु भएको छ। धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको पर्खाल भत्किँदा च्यापिएर शुक्रबार मृत्यु भएको छ।

प्रहरीका अनुसार, वालिङ नगरपालिका–८ डुम्रिकोटमा रहेकाे डुम्रिकोट–मिर्दी सडक खण्डमा निर्माणाधीन सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा च्यापिएर चेपाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङमा रहेकाे गह्रौँ प्राथमिक अस्पतालमा ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ। फाइल फोटो

प्रतिक्रिया
सम्बन्धित समाचार