पोखरा महानगरपालिका–३० शिसुवाका एक व्यक्तिलाई उनकै श्रीमतीले तनहुँमा हत्या गरेकी छिन। हाल तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रगतिटोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपालीलाइ उनकै ३६ वर्षीया श्रीमती शुशिला विकले हत्या गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार, बुधबार बेलुका करिब ९:३० बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमती शुशिला वि.कले श्रीमान् मनबहादुरको टाउकोमा ढुङ्गाले हान्दा गम्भीर घाइते भएका थिए। घाइते उनलाई तत्काल बेलचौतरास्थित जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएकोमा उनको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घटनामा संलग्न श्रीमती शुशिला वि.कलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।