स्थानीय एक महिलाको घरबाट राती लखेटिएका शिक्षकको पांच महिना पछि आयो यस्तो सुराक

स्थानीय एक महिलाको घरबाट राती लखेटिएका शिक्षकको पांच महिना पछि आयो यस्तो सुराक


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ मंसिर २०७९
  • 4.4K
    Shares

हरकसिंह ठगुन्ना

गत असार २७ गते छिमेकी गाउँ सल्लास्थित एक घरमा आयोजित बिहेभोजबाट बेपत्ता रहेका दार्चुलाको नौगाड गाउँपालिका–१ का शिक्षक हरकसिंह ठगुन्ना अझै फेला परेका छैनन् ।

विहे भोजबाट फर्किदा गाउँकै एक जना महिलाको घरमा पसेको र त्यहाँबाट स्थानीयले लखेटेको समाचार बाहिरिएसंगै बेपत्ता रहेका स्थानीय भूमिराज माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका ठगुन्ना पांच महिना बितिसक्दा पनि अझै फेला परेका छैनन्।

ती महिलासँग‘सुमधुर’ सम्बन्ध रहेको ठानिएका शिक्षक ठगुन्नाको कोट खोलाको बगरमा भेटिएको हल्ला चल्यो। कतिपयले स्थानीयको लखेट्याइमा परेका शिक्षक ठगुन्ना जिउदो नभएको अनुमान पनि लगाए।

शिक्षक ठगुन्ना बेपत्ता भएपछि परिवारका सदस्यहरुले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले घटनाको गम्भीरतालाई दृष्टिगत गरी त्यस क्षेत्रतर्फ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। कुनै सुराक समेत पाएन। ती महिलाले पनि शिक्षक ठगुन्नालाई बिहेको राति केही स्थानीयले लखेटेको बताएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार, प्रहरीले त्यतिबेला तीन वटा कोणबाट घटना अनुसन्धान गरेको थियो। पहिलो–शिक्षकले नदीमा हाम फालेर आत्महत्या गरे। दोस्रो–हत्यापछि शव गायब पारियो। तेस्रो–स्थानीयको डरले उनी लुकिछिपि बसिरहेका छन्।

बेपत्ता शिक्षक ठगुन्ना कहाँ र कस्तो अवस्थामा छन् भन्ने बारेमा पांच महिना पछि बल्ल सुराक पाएको छ। प्रहरीले उक्त सुराक कसैबाट पाएको भने हैन। उनी शिक्षक ठगुन्नासंग सुमधुर सम्बन्ध छ भनिएकी महिला र उनको छोराबाट पाएको हो।

शिक्षक ठगुन्नाको ख्जिमा लागेको प्रहरीले ती महिला र उनको छोरालाई निगरानीमा राखेको थियो। गाउँबाट बेपत्ता रहे पनि उनी तिनै महिला र उनको छोरासँग सम्पर्कमा थिए। शिक्षक ठगुन्नासँग सम्पर्कमा रहेका भनिएका संकास्पद मानिसहरुको बयान लिइएको प्रहरीको दाबी छ।

शिक्षक ठगुन्ना भारतमा लुकिछिपी बसिरहेको सुचना पाएको प्रहरीले उनी कुन ठाउमा छन् भन्ने बारेमा केही बताउन चाहिरहेको छैन। तर उनलाई पक्राउ गरेर नेपाल ल्याएपछि त्यस बारे बिस्तृत जानकारी दिइने प्रहरी निरिक्ष्क शाहीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार