करोड बढी पर्ने जमिनका लागि काठमाण्डौमा ९० वर्षीया वृद्धाको हत्या !

करोड बढी पर्ने जमिनका लागि काठमाण्डौमा ९० वर्षीया वृद्धाको हत्या !


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ मंसिर २०७९
  • 13.2K
    Shares

मृत महिला, dead woman

काठमाडौँको बालाजुमा ९० वर्षीया एक वृद्धाको हत्या भएको छ । तार्केश्वर नगरपालिका–६ घर भै हाल बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धा डिल्ली पतुवारको र्केश्वर नगरपालिका–३ मा पर्ने जंगलमा हत्या भएको हो।

प्रहरीका अनुसार, सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र बालाजु प्रहरीमा खोजीका लागि उजुरी दर्ता गरिएकोमा २२ गते मृत फेला परेकी छन् । प्रहरीले उनको टाउकोमा गम्भीर चोट देखिएको जनाएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको प्रहरीको भनाइ छ ।

मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् । उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार