आफुलाई कुटेको भन्दै अर्घाखाँचीमा एक महिलाद्वारा ७७ वर्षीय श्रीमानको घांटी थिचेर हत्या

आफुलाई कुटेको भन्दै अर्घाखाँचीमा एक महिलाद्वारा ७७ वर्षीय श्रीमानको घांटी थिचेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ मंसिर २०७९
  • 12.7K
    Shares

श्रीमान्को हत्या आरोपमा पक्राउ परेकी अर्घाखांचीकी लक्ष्मी नेपाली

आफुलाई श्रीमानले कुटपिट गरे पछि एक महिलाले आफ्ना ७७ वर्षीय श्रीमानको घांटी थिचेर हत्या गरेकी छिन्।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको घांटी थिचेर हत्या गरेकी हुन्।

प्रहरीका अनुसार, दुवै जना मिलेर रक्सी खाएको र त्यस बिचमा बिबाद हुँदा मंसिर २४ गते साँझ बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए। रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

प्रहरीका अनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर मारेको बयान दिएकी छिन्। श्रीमानको हत्या गरेपछि उनले आफूलाई ‘श्रीमानले कुटपिट गरेको’ भन्दै गाउँमा गुहार मागेकी थिइन्। सार्की दम्पतीले झगडा गर्नु अघि रक्सी सेवन गरेका थिए।लक्ष्मीलाई पक्राउ गरिएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डिएसपी रिजालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार