कपिलबस्तुमा बिहिबार ट्रकले स्कुटरलाई ठक्कर दिदा छोराको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ अर्घाखाँची चोकमा लु ५२ प ८७८४ नम्बरको स्कुटर लाई लु २ ख ६५०१ नम्बरको ट्रकले बिहीबार ठक्कर दिंदा छोराको मृत्यु भएको हो भने बाबु गम्भीर घाइते भएका हुन्।
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरको पछाडी बसेका अर्घाखाँची भुमिकास्थान नगरपालिका धनचौरका १४ वर्षीय सम्राट खनालको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनका बुबा ५२ वर्षीय लक्ष्मण खनाल घाइते भएका छन् ।
उनीहरु अर्घाखाँचीमा देउली मनाएर लु ५२ प ८७८४ नम्बरमा रुपन्देहीतर्फ आउने क्रममा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको इप्रका गोरुसिङ्गेका प्रहरी निरीक्षक शशीधर शर्माले बताए ।