चुनावको मुखमा गण्डकीका दुई मन्त्रीबीचको टम एण्ड जेरी शो

चुनावको मुखमा गण्डकीका दुई मन्त्रीबीचको टम एण्ड जेरी शो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ मंसिर २०७९
  • 3.6K
    Shares

मन्त्री कुमार खड्काको पत्रकार सम्मेलन

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्तीमा परेका नेपाली कांग्रेसका नेता कुमार खड्काले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी गुनासो पोखेका छन् ।

बर्खास्तका विषयमा आफूले मिडियातिर समाचार आएपछि मात्र थाहा पाएको उनले बताए। ‘मलाई के कारणले अपमानजनक बखास्त भयो मैले अहिलेसम्म थाहा पाएको छैन,’ उनले भने, ‘मुख्यमन्त्रीले मेरो फोन उठाउनुभएको छैन, मैले के अपराध गरें, सफाइ दिने मौका पनि पाइनँ।’

‘मैले निर्वाचन आयोगसँग चुनावी प्रचारका लागि अनुमति मागेको थिए, तर पाइनँ,’ उनले भने, ‘मैले साथीहरुलाई गठबन्धन जिताउन लागेकै थिए, एकाएक अपमानजनक बर्खास्त गरियो।’

बर्खास्त भएपनि आफू उम्मेदवार बिन्दु थापा र गठबन्धनका उम्मेदवार जिताउन लाग्ने उनले बताए। बिगतको दिनहरुलाई सम्झदै उनले आफ्नो वडा १६ लाइ उत्तर कोरियाकै संज्ञा दिए । आफुले सो स्थान तथा एमालेका बाहुल्यताका बाबजुत ज्यादै कठिन स्थितिहरू पार गरि आएको स्मरण गर्दै आफुलाई वडा मन्त्रीको ट्याग लगाइएकोमा तिक्तता पनि पोखे ।

यस अघि कानुन मन्त्री रहेका अहिले कास्की २ ख कांग्रेसका उम्मेदवार बिन्दु कुमार थापाले आफुलाई कम बजेट पारिएको भन्ने भनाईलाई खण्डन गर्दै भौतिक पूर्वाधार मन्त्रालय धेरै बजेट पर्नुपर्ने मन्त्रालय नै हो भन्दै खड्काले ‘यसमा मेरो केहि हात हुदैन यो त मुख्यमन्त्री कृष्ण चन्द्र पोख्रेल नेपालीलाइ पो भन्नुपर्ने’।

पत्रकार सम्मेलनमा खड्काले टिकट लिन जाँदा बालुवाटारको झल्को समेत आफ्नो भनाइमा अगी बढाए, ‘धेरै योगदान दिएका थुप्रै नेता हरु लाइनमा बस्दाबस्दै पनि भित्रबाट छनौट भैसकेकाको नाम बोलाउदै अरुलाई अपमानित ढंगले पन्छाउने काम भयो , बरु बोर्डमा नामै टाँसीदिए हामी बाटो लाग्थ्यौ नि’

गण्डकी प्रदेशले चरम कर बृद्दी गरेको बेला आफु मुख्य मन्त्रीको प्रवक्ता भएकाले नै आलोचना खेप्न परेको तर यो कर ब्रिद्दिमा उनि स्वयमलाई पनि चित्त बुझेको थिएन, बिषय अर्थमन्त्री र मुख्यमन्त्रीको नै हुन आउछ उनले भने ।

कसैलाई धेरै बजेटवाला मन्त्रालय त कसैलाई टिकटको चरम आकांक्षाका कारण एकै पार्टी तथा क्षेत्रका दुई ठुला नेताका सम्बन्ध चिसिएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार