म्याग्दी सदरमुकाम बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७ बर्षको डम्मर बहादुर दमैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा घाइते भएका आठ जनाको बेनि अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाइ थप् उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनाको कारण नखुले पनि सडक भिरालो भएका कारण दुघर्टना भएको प्रारम्भिक अनुमान गरिएको छ।