पोखरामा फोहोर फाल्नेलाई उठबस : सजायं कि कर्मचारीको रमाइलो ? (भिडियोसहित)

पोखरामा फोहोर फाल्नेलाई उठबस : सजायं कि कर्मचारीको रमाइलो ? (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 4.8K
    Shares

कुनैबेला सार्वजनिक स्थानमा फोहोर फाल्न रोक्न तात्कालिन पोखरा उपमहानगरपालिकाका उपमेयर क्याप्टेन मानबहादुर गुरुङले फोहोरको थुप्रोमा लगेर धामी-झाँक्री लगाए। हाल आएर केही सामाजिक अभियन्ता र महानगरका कर्मचारी राती १० बजेसम्म फोहोर फाल्ने ठाउँमा लुकेर बस्छन। जब लुकेर बसेका उनीहरुले फोहोर फाल्ने मान्छे आउछन, समात्छन् र उठबस गराउछन।

पोखरा महानगरपालिकाले हालै एक सुचना प्रकाशन गरेर सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गरेको छ। यदि फोहोर फालेको पाइएमा ३० हजार रुपियाँसम्म जरिवाना हुने चेतावनी त्यस सूचनामार्फत दिइएको छ। सूचनामा जे भनिएको भए पनि रातको समयमा फोहोर फाल्न आएका मानिसलाई केही अभियन्ता, जनप्रतिनिधि र कर्मचारी सम्मिलित उक्त टोलीले समात्छन र पहिलो पटकका लागि भन्दै उठबस गराएर पठाउने गरेका भ्दियोहरु सार्वजनिक गरिएका छन्।

फोहोर फाल्नेलाई सजायंस्वरुप गराइने उठबसलाई भने कारबाहीमा पर्नेहरुले रमाइलोको रुपमा लिने गरेका छन् भने उनीहरुलाई उक्त टोलीका सदस्यहरुले रमाइलो मान्दै उठ्बस गराउने गरेको भिडियोमा देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार