विभिन्न खालका लागू औषधसहित पोखराबाट एक जना युवा पक्राउ परे

विभिन्न खालका लागू औषधसहित पोखराबाट एक जना युवा पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ कार्तिक २०७९
  • 5K
    Shares

विभिन्न खालका लागू औषधसहित पोखराबाट एक जना युवा पक्राउ परेका छन्।
पोखरा महानगरपालिकाको वडा नं.-९ न्यूरोड स्थायी घर भई हाल पोखरा-३० तागाकोमुख बस्ने वर्ष ३५ को हेमन्त थापा मगर विभिन्न खालका लागू औषधसहित पोखराबाट पक्राउ परेका हुन्।

उनलाई ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२६ अर्घौचोक स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनले बोकेको झोलाबाट लागू औषध डाईजापाम ३२ एम्पुल, फेनेरागन ३२ एम्पुल र नुर्फिन ३२ एम्पुल गरी जम्मा ९६ एम्पुल लागू औषध, एकथान मोवाईल र नगद रु.१२ हजार रुपियाँ बरामद भएको बताइएको छ।

थापाविरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार